देश

    प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

    जगत ठाडा मगर
    २०७८ कार्तिक २५ | मध्यान्ह ०४:०७ बजे

      काठमाडौ । प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

      राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा प्रदेश १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशी लगायत नवनियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाइन् ।

      सोमबार मन्त्रिपरिषद बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो ।

        कमेन्टहरु