देश

    ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ कार्तिक २४ | बिहान ०८:०७ बजे

      हेटौंडा । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

      जनकपुरबाट काठमाडौँतर्फ आउदै गरेको ना ७ ख ८७६ नं को रात्रि बसलाई विपरीत दिशाबाट आएको प्रदेश–२–०३०१ख ५०३५ नं को ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसमा सवार २ यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

      मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए । रासस

        कमेन्टहरु