देश

    प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेहरू पक्राउ

    जगत ठाडा मगर
    २०७८ कार्तिक २३ | मध्यान्ह १२:०७ बजे

      काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सपोर्ट गर्दै प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      `न्यायापालिका बचाऔ´ भन्दै नारावाजी गरेर नेपाल बार परिसरभित्र प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तारा बरालगायत केहि व्यक्तिहरूले न्यायालय बचाऔ भन्दै प्रधानन्यायाधीश जबराको पक्षमा नारा लगाएका थिए ।

      वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्ने कोसिस गरेका थिए । तर अटेर गरेपछि उनीहरूलाई त्यहाँबाट नियन्त्रणमा लिएर बाहिर निकालेका हुन् ।

        कमेन्टहरु