राजनीति

    माओवादी विदेश विभागको बैठक आह्वान

    जगत ठाडा मगर
    २०७८ कार्तिक २२ | बिहान ०९:०७ बजे

      काठमाडौ । नेकपा माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक बोलाइएको छ । केही दिनअघि गठन भएको विदेश मामिला विभागको बैठक आगामी कात्तिक २४ गतेका लागि बोलाइएको हो ।

      पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा विभागको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुनेछ ।

      यस्तै कार्ययोजना र अन्य विविध विषयमा पनि छलफल हुने विदेश मामिला विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

        कमेन्टहरु