देश

    दोलखा कांग्रेस सभापति बर्मा लामा जुवाखालबाट पक्राउ

    जगत ठाडा मगर
    २०७८ कार्तिक १९ | मध्यान्ह १२:०७ बजे

      काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

      प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

      लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् । बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।

      जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।

        कमेन्टहरु