देश

    अनामनगरस्थित कार्की भवनमा आगलागी

    जगत ठाडा मगर
    २०७८ कार्तिक १९ | बिहान ०६:०७ बजे

      काठमाडौं । काठमाडौको अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ ।

      सिंहदरबारको पूर्वी गेट अगाडि रहेको स्थानीय जयन्द्र कार्कीको घरको दोश्रो तलामा रहेको फर्निचर सोरुममा आगलागी भएको हो । सोरुममा बिहीबार साँझ लक्ष्मीपूजा गरी दियो बालेर छाड्दा आगलागी भएको स्थानीयले बताएका छन् ।

      दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

        कमेन्टहरु