देश

    प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संखुवासभामा १२ राउण्ड हवाइ फायर

    नवलपुर टुडे
    २०७७ मंसिर १ | मध्यान्ह ०६:०८ बजे

      मंसिर १, संखुवासभा।
      प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संखुवासभामा १२ राउण्ड हवाइ फायर गरेको छ । सोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले जिल्लाको चैनपुर भन्ने स्थानमा १२ राउण्ड हवाइ फायर गरेको जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले Nawalpurtoday लाई जानकारी दिए । विप्लव समूहले हवाइ फायर गर्नुको कारण खुल्न सकेको छैन ।

      यद्यपी अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको दुई वटा टोली सर्च अपरेशनका लागि घटनास्थलतर्फ लागेको बुढाले जानकारी दिए ।
      सरकारले विप्लवको पार्टीले हिंसात्मक गतिविधि गर्न थालेपछि प्रतिबन्ध लगाएको थियो भने त्यसयता सो पार्टीका नेता कार्यकर्तालाई धरपकडको नीति अख्तियार गर्दै आएको छ ।

        कमेन्टहरु