देश

    कपिलवस्तुमा पेस्तोल र लागुऔषधसहित एक युबक पक्राउ

    जगत ठाडा मगर
    २०७८ कार्तिक १७ | मध्यान्ह ०४:०७ बजे

      कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

      उनलाई मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताए ।

      भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आएका फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरेको छ ।

      आरोपीको साथबाट ४२ चक्की स्पास्मो र २१ चक्की नाइट्राजेपाम बरामद गरिएको छ । फेराजबारे अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।

        कमेन्टहरु