देश

    ट्याक्टरबाट लडेर बालकको मृत्यु

    जगत ठाडा मगर
    २०७८ कार्तिक १७ | मध्यान्ह ०२:०७ बजे

      विनोद मण्डल
      सिरहा, कार्तिक १७ । सिरहाको गोलबजारमा ट्याक्टरबाट लडेर बालकको ज्यान गएको छ । आज विहान गोलबजार नगरपालिका वडा नं ४ चोहरवाका नशीबलाल सदाका १० वर्षीय छोरा निशान्त सदाको ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।

      नवदुर्गा इटा उद्योग गोलबजारका लागि चोहरवा गाउँको बाटो हुँदै मैनावती खोलाबाट बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा स १ त ७९५ नम्बरको ट्याक्टरको इन्जिनको सिटमा बसेको बखत लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि लहान लादै गरेको अवस्थामा बिच बाटोमै मृत्यु भएको थियो ।

      गाडी गोलबजार प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको छ । गाडी स्थानिय रामसगुन यादबको रहेकाे बुझिएको छ ।

        कमेन्टहरु