प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो : अधिवक्ता अर्याल


काठमाडौ । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा नै रहेको बताएका छन् ।
नेपाल बार एसोसियसनको अगुवाईमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै अधिवक्ता अर्यालले यस्तो धारणा राखेका हुन् । उनले प्रधानन्यायाधीश रोजगारीको हकअन्तर्गत नियुक्त नभएको बताउदै जबराले संवैधानिक रुपमा आएकाले त्यहीअनुसार जान्छु भन्ने अवस्था नरहेको बताए ।
‘प्रधानन्यायाधीशमाथिको विश्वास टुटिसकेको छ । यो रोजगारीको हकअन्तर्गत पाएको होइन । संवैधानिक रुपमा आएको र यहि रुपमा जान्छु भन्ने समय होइन ।’ महाभियोग लगाउनु संसदको दायित्व भएको स्मरण गराउँदै अधिवक्ता अर्यालले राजीनामा नआए महाभियोग लगाउन संसदलाई अनुरोध गरेका छन् ।
उनले भने, ‘सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो । राजीनामा नगरे यो संसदको दायित्व हुन जान्छ । यस (महाअभियोग)का लागि म संसदलाई आग्रह गर्छु ।’





