देश

    रुपन्देहीको तिलोत्तमामा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

    जगत ठाडा मगर
    २०७८ कार्तिक १६ | मध्यान्ह १२:०७ बजे

      बुटवल । रुपन्देहीमा टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ ।

      तिलोत्तमा-३ सिता राइसमिल नजिकै बस्दै आएकी ७८ वर्षीय प्रेमकुमारी आचार्यलाई तिलोत्तमाको शंकरनगरमा लु २ ख २२१६ नम्बरको टिपरले ठक्कर दिएर आज बिहान मृत्यु भएको हो ।

      शंकरनगरस्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा आचार्यलाई ठक्कर दिएर टिपर फरार भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

      ठक्कर दिने टिपर र चालकको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

        कमेन्टहरु