राजनीति

    प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई, आज दिउँसो शपथ ग्रहण

    जगत ठाडा मगर
    २०७८ कार्तिक १६ | बिहान ०९:०७ बजे

      काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले आज प्रदेश १ को मुख्यमन्त्रीको सफत लिने भएका छन् । आज दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ ।

      यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम आचार्यले सोमबार राजीनामा दिएका हुन् । गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका हुन् ।

      सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसदहरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबीपत्र बुझाएका हुन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आज दिउँसो शपथ ग्रहणको समय तोकेका हुन् ।

        कमेन्टहरु