सीता एयरलाइन्सको विमान नेपालगंज विमानस्थलमा दुर्घटना

जगत ठाडा मगर
२०७८ कार्तिक १६ | बिहान ०८:०७ बजे

काठमाडौ । सीता एयरलाइन्सको विमान नेपालगंज विमानस्थलमा दुर्घटनामा परेको छ । नेपालगंजबाट सिमिकोटका लागि उड्ने क्रममा विमानस्थलको धावनमार्गमा नाईन एनएएचएबी कल साईन भएर विमान दुर्घटनामा परेको हो ।
उड्नै लागेको विमानले मंगलबार बिहान ७ बजेको समयमा धावनमार्गमा बँदेललाई ठक्कर दिएको छ । ठक्कर दिदाँ विमानमा ठुलो प्वाल परेको छ । विमानमा १४ यात्रु ९० केजी कार्गो सहित चालक दलका सदस्य थिए । यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ । अहिले विमानस्थल पूर्ण रुपमा बन्द छ । दुर्घटनामा परेको विमान क्रेनको सहायताले हटाउने कार्य भईरहेको छ ।
यसअघि सिता एयरको विमान काठमाण्डौबाट लुक्ला लागि उडेको ९ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।





