देश

    देश विकासका लागि तत्काल भ्रष्टाचार रोक्नुपर्छ : सिके राउत

    जगत ठाडा मगर
    २०७८ कार्तिक १६ | बिहान ०७:०७ बजे

      सप्तरी । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन्।

      सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा जनमत पार्टी नगर समिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा जोड दिए।

      उनले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको समेत बताए। कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

      पार्टीका कञ्चनरुप नगर समितिका अध्यक्ष अनिल पञ्जियारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो।

        कमेन्टहरु