स्वास्थ्य

    एल.एस. न्यूराे अस्पताल भित्र रहेको फार्मेसीले बढी मुल्यमा सर्जिकल सामान बिक्री गर्दै

    जगत ठाडा मगर
    २०७८ कार्तिक १५ | मध्यान्ह ०८:०७ बजे

      वीरगंज । वीरगन्जको एक निजी अस्पताल भित्र रहेकाे फार्मेसीले बढी मुल्यमा सर्जिकल सामान बिक्री गर्दै आएको कुरा सार्वजनिक भएकाे छ ।

      वीरगन्जको पानीटंकीमा रहेकाे एल.एस. न्यूराे अस्पताल भित्र रहेकाे अस्पतालकै फार्मेसीले बढी मुल्यमा सर्जिकलका सामानहरू बिक्री गर्दै आएकाे कुरा बाहिरिएकाे छ । बजारमा ३५ रूपैयाँ देखि ४० रूपैया सम्म पाइने सर्जिकल गल्ब्स अस्पताल भित्र ५० रूपैयाँमा बिक्री गरिरहेको प्रमाण फेला परेकाे छ ।

      अस्पतालमा बाहिर बाट उपचार गराउन आउने बिरामीहरू संग यसरी बढि पैसा लिएता पनि सम्बन्धित निकायकाे ध्यान नपुग्दा बिरामीहरू बढी पैसा दिन बाध्य भएका छन् ।

      photo 2021 11 01 08 07 30

        कमेन्टहरु