बर्दघाट नगरपालिकाको गत आ.व.को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न


अस्मिता भुसाल
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका नगर कार्यपालिका कार्यालयको गत आ.व २०७७।७८ को बार्षिक प्रगती समिक्षा गोष्ठी बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नगरपालिकाले गत आ.व को बित्तिय लक्ष्य र प्रगतीका बारेमा समिक्षा गरिएको थियो ।
बर्दघाट नगरपालिकाले गत अर्थिक बर्षमा १ अर्ब ४ करोड बजेट मा ८२ .०६ प्रतिशत प्रगती गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो सो अवसरमा क्ृषि शाखा प्रमुख युवराज लम्साल, स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, पशुपंक्षी विकास शाखा प्रमुख भरत लम्साल, शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवर महिला तथा बालबालिका शाखा प्रमुख अप्सरा सुवेदी, लेखा शाखा प्रमुख बिष्णु पुरी लगायतले आ-आफ्नो शाखाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ उपाध्याले नगरमा कुल ७७८ योजनाहरु रहेकोमा उपभोक्ता समितिबाट ६७८ ठेक्का प्रक्रियाबाट ७० र कोटेशन विधिबाट ३० योजनाहरु सम्पन्न भएको र प्रतिवेदन प्रस्तुत गर्दै चालु खर्च तर्फ ८६.७५ प्रतिशत र पुजिगत खर्च तर्फ ७९.०८ प्रतिशत खर्च भएको बताउनु भयो ।
साथै आर्थिक बिकास तर्फ ७८.३१ प्रतिशत, सामाजिक बिकास तर्फ ९५.१८ प्रतिशत, पुर्वाधार विकास तर्फ ७४.०९ प्रतिशत, सुसाशन तथा अन्तर सम्बन्ध्ति क्षेत्रमा ८६.६५ प्रतिशत कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ८७.५३ प्रतिशत खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा नगरले गत आ.व मा विभिन्न शिर्षकबाट ९ करोड ९४ लाख पुजी सञ्चित भएको र नगरको विभिन्न शिर्षक र समयमा गरी करिब १० करोड बेरुजु रहेकोमा ३ करोड बेरुजू फर्याैट भईसकेको र बाँकी बेरुजु कमी गर्ने लक्ष्यका साथ काम भईरहेको बताउनु भयो । कार्यक्रममा नगर उप प्रमुख मायादेवी पौडेल, कार्यपालिका सदस्य, नगरपालिकाका विभिन्न शाखा प्रमुख, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नगरपालिकाका योजना शाखा प्रमुख पुष्कर काफ्लेले गर्नुभएको थियो।





