मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण कार्यक्रम समपन्न


कृष्णनगर । मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ l
कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, अतिथिहरूमा कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष मोविन खां, १२ नं वडाध्यक्ष छेदी प्रसाद यादव, वडा नं ७ का वडाध्यक्ष राज किशोर यादव, वडा नं ११ वडाध्यक्ष फग्गू मुराउ, वडा नं १ वडाध्यक्ष तुंग नाथ चौधरी रहनुभयो ।
मानव बेचविखन तथा ओसार पसार के हो ? महिला तथा बाल बालिकाहरू माथी हुने मुख्य जोखिमहरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहर , तथ्यांकको परिभाषा, तथ्यांकका विविध आयामहरू, तथ्यांकको महत्व, लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो l
कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्यायले गर्नुभयो । साथै कार्यक्रमको बारेमा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्री र माइती नेपालका कार्यक्रम अधिकृत श्रृष्टि गुरागाई तथा हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवाले प्रकाश पार्नुभयो l
कार्यक्रम व्यवस्थापनको भुमिका माइती नेपालद्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो । कार्यक्रम कार्तिक १४ गते १-६ वडाको र आज ६- १२ वडाका सहभागीहरूमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो l
उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, वडाध्यक्षहरु, वडा सचिवहरू, पत्रकार, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, मानव बेचविखन नियन्त्रण वडा स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो l कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयोl





