पाल्हिनन्दन १ मा एक दिने भाषण तथा उद्घाेषण तालिम सम्पन्न(तस्बिर सहित)


सुरेश यादव
नवलपरासी/ कात्तिक १५ । आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ काे सभाहलमा एक दिने भाषण तथा उद्घाेषण तालिम सम्पन्न भएकाे छ ।पाल्हिनन्दन गाउँपालिका वडा नं १ काे आर्थिक सहयोग तथा नन्दन मिडिया हाउस प्रा.लिकाे आयाेजनामा उक्त तालिम सम्पन्न भएकाे हाे ।
नन्दन मिडिया हाउस प्रा.लि का प्रबन्धक सद्धाम हुसेन अन्सारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वडा नं १ का वडा अध्यक्ष लल्लन प्रसाद अहिरकाे प्रमुख आतिथ्यतामा भाषण तथा उद्घाेषण तालिमकाे उद्घाटन भएकाे हाे ।
कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य एवम् वडा सदस्य रामकुमारी काेहार, वडा सदस्य गुड्डी हरिजन, वडा सचिव गाेविन्द प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ नवलपरासीका पुर्व जिल्ला सदस्य जितेन्द्र प्रसाद गुप्ता, मधेस मिडिया मिसन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव र समाजसेवी रवीन्द्र पटेल लगायतकाे उपस्थिति रहेकाे थियाे भने, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य बेचु प्रसाद गाैंडले प्रशिक्षण दिनुभएकाे थियो ।
कार्यक्रममा नवलपुर टुडेका नवलपरासी संम्बाददाता महेश यादवले संचालन गर्नुभएको थियो ।







