खेलकुद

    टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

    जगत ठाडा मगर
    २०७८ कार्तिक १५ | मध्यान्ह ०६:०७ बजे

      काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।

      आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो ।

      यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । रासस

        कमेन्टहरु