आज देशभर ५३३ संक्रमित थपिँदा ४९० जना कोरोना मुक्त भए

जगत ठाडा मगर
२०७८ कार्तिक १५ | मध्यान्ह ०६:०७ बजे

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । ११ हजार ६६४ स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
सो समयमा पिसिआर विधिबाट सात हजार ४६८ नमुना परीक्षण गर्दा ४४१ जना र एन्टिजेन विधिबाट चार हजार १९६ नमुना परीक्षण गर्दा ९२ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार देशभर ६५ हजार २८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् भने ४९० जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा नेपालमा नौ संक्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार अब नेपालमा नौ हजार ३१८ सक्रिय संक्रमित छन्।





