राजनीति

    प्रदेश १ को मुख्यमन्त्री आचार्यले राजीनामा दिए

    जगत ठाडा मगर
    २०७८ कार्तिक १५ | मध्यान्ह ०४:०७ बजे

      काठमाडौं, १५ कात्तिक । प्रदेश १ को मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएका छन् । नेकपा एमालेका सचिव आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका हुन् ।

      आचार्यको बर्हिगमनलगत्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्न अगाडि बढेका छन् । उनले नेकपा एससहित नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्ने दाबीपत्र तयार गरिसकेको छ ।

      राई अनेरास्ववियूबाट राजनीतिमा आएका थिए । उनी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्र मानिन्छन् ।

        कमेन्टहरु