धान खेतमा २५ वर्षीय युवकको शव फेला

जगत ठाडा मगर
२०७८ कार्तिक १५ | मध्यान्ह ०३:०७ बजे

सिरहा, १५ कात्र्तिक । सिरहाको सुखिपुर नगरापालिका ४ दहिपौडीस्थित धानखेतमा एक युवकको शव फेला परेको छ । दैहिपौडीको नहरदेखि दक्षिणमा पर्ने धानखेतमा औरही गाँउपालिका वडा नम्वर ४ नवटोलीका २५ वर्षीय सचिन कुमार यादवको शव फेला परेको हो ।
बिहान खेत गएका किसानले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि सिरहा अस्पताल पठाएको छ । मृत फेला परेका युवकको पेटमा चोट देखिएको सिरहा प्रहरीका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मृतक ट्याक्टरमा मजदुरी गर्थे । उनी आइतबार ढुङ्गा लिन ट्याक्टरमै नदी गएका थिए । उनको हत्या भएको हुनसक्ने प्रहरीको शंका छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।





