सिराहाको मदन भण्डारी स्मृति माध्यामिक बिद्यालयमा रजिष्ट्रेशन फारम भर्ने कार्य शुरू

जगत ठाडा मगर
२०७८ कार्तिक १५ | मध्यान्ह ०३:०७ बजे

विनोद मण्डल
सिराहा । विद्यार्थीको उज्जवल भविष्यको योजना बनाउँदै विद्यालयहरुले आफ्ना विद्यार्थीको परीक्षा फर्म र रजिष्ट्रेशन फर्म भर्न शुरू गरेको छ ।
सिराहाको नमूना बिद्यालयको रूपमा रहेको मदन भण्डारी स्मृति माध्यामिक बिद्यालय सरे खोला धनगढीमाई १४ स्थित विद्यालयले कक्षा ९ (नौ) र १० (दश) मा अध्ययनरत छात्र छात्राहरुको रजिष्ट्रेशन फर्म र SEE २०७८ को परीक्षा फर्म धमाधम भर्ने काम गरिरहेको छ ।
अबिभाबकहरुले अभिलम्ब विद्यालय समयमा विद्यालय प्रशासनमा सम्पर्क गरी एक हप्ते भित्र फर्म भरिसक्नु पर्ने सुचना जारी गरेको प्रधानाध्यापक महेश्वर प्रसाद मण्डलले जानकारी गराउनु भएको छ । भौगोलिक रूपमा विकट मानिएको यस ठाउँमा सूचना सञ्चारले गर्दा चाडै फर्म खोलेर विद्यार्थीहरुको भबिष्य सुनिश्चित गरिएको बिद्यालयले जनाएको छ ।





