देश

    किराना पसलबाट ९ सय ग्राम लागूऔषध गाँजा बरामद संचालक पक्राउ

    जगत ठाडा मगर
    २०७८ कार्तिक १५ | मध्यान्ह ०२:०७ बजे

      सिरहा, १५ । प्रहरीले लागूऔषध गाँजासहित सिरहाबाट एक जनालाई पक्राउ गरिएको छ । सिरहाको लहान नगरपालिका वडा नम्वर ९ बस्ने ६५ वर्षीय देव नारायण चौधरीलाई पक्राउ गरिएको हो ।

      चौधरीले संचालन गरेको किराना पसलमा अबैध रुपमा गाँजा बिक्री वितरण गरी रहेको अवस्थामा ९ सय ग्राम लागूऔषध गाँजा सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

      पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर अनुसन्धान भई रहेको सिरहाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुभाव बुढाथोकिले जानकारी दिए ।

        कमेन्टहरु