हात्तीको आक्रमणबाट पर्सामा एक पुरुषको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक १५ | मध्यान्ह ०१:०७ बजे

वीरगञ्ज, १५ कात्तिक । पर्सामा हात्तीको आक्रामणबाट एक पुरुषको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका वडा नम्वर ५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्वर १ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो । कात्तिक १२ गते राति १२ बजे उनलाई हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो ।
घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।





