देश

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल संवतको नयाँ वर्ष ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ विश्वास व्यक्त

    नवलपुर टुडे
    २०७७ मंसिर १ | बिहान ०७:०८ बजे

      मंसिर १, काठमाण्डाै।
      राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवतको नयाँ वर्ष ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

      नेपाल संवतको नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

      उनले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवतको नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गरेकी छन् ।

        कमेन्टहरु