देश

    पासपोर्ट बनाउन राहदानी विभागमा सेवाग्राहीको भिड(तस्बिरसहित)

    जगत ठाडा मगर
    २०७८ कार्तिक १४ | मध्यान्ह १२:०७ बजे

      काठमाडौं । आइतबार बिहानैदेखि राहदानी बिभागमा पासपोर्ट बनाउनेहरुको लामो लाइन लागेको छ । विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ ।

      प्राय वैदेशिक मुलुकमा जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरुको भिड बाक्लो देखिन्छन् । छिटो पालो पाइने आशाले बिहान चार बजेदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले भने ‘बिहान चार बजे लाइन बसेको बल्ल पालो आयो ।’

      उनले भने, एकछिन लाइन छोड्दा पालो मिचिने डरले पिसाब फेर्न जानसमेत पाइएन ।’ धेरैजसोले लाइनमा बसुन्जेल शौच गर्न साह्रै समस्या भएको गुनासो व्यक्त गरेका थिए । अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको लर्को बढ्दै गएको राहदानी विभागका कर्मचारीहरु बताउँछन् ।

      photo 2021 10 30 23 55 35

      photo 2021 10 30 23 55 41

      photo 2021 10 30 23 55 48

        कमेन्टहरु