देश

    सिराहामा बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ

    जगत ठाडा मगर
    २०७८ कार्तिक ११ | मध्यान्ह ०१:०७ बजे

      सिराहा । दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिराहाका एक युवकलाई पक्राउ गरेको छ ।
      पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव रहेका छन् ।

      उनलाई कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोपमा यादवले कुटपिट गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो ।

      यादबलाई पीडितका जाहेरीका आधारमा कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

      पीडित महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादव विरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन् ।

        कमेन्टहरु