स्वास्थ्य

    सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

    जगत ठाडा मगर
    २०७८ कार्तिक ११ | मध्यान्ह १२:०७ बजे

      काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।

      केहि दिनदेखि अस्वस्थ भएकी मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन् ।

      मन्त्री झाँक्रीको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेकाले सम्पूर्ण भेटघाट समेत बन्द गरिएको उनका सहयोगी युवराज गिरीले जानकारी दिए ।

        कमेन्टहरु