राजनीति

    प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन बृहत नागरिक आन्दोलनको सुझाव

    जगत ठाडा मगर
    २०७८ कार्तिक १० | मध्यान्ह ०२:०७ बजे

      काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको छ।

      बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरेको विज्ञप्ति यस्तो उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं ।’

      photo 2021 10 27 01 29 13

      photo 2021 10 27 01 29 13

        कमेन्टहरु