देश

    भन्सार छलि ल्याएको तीन लाख बराबरको सामान बरामद

    जगत ठाडा मगर
    २०७८ कार्तिक ८ | मध्यान्ह ०७:०७ बजे

      विनोद मण्डल
      सिराहा । सिराहा प्रहरीले भन्सार छली ल्याएको सामान गाड़ी सहित बरामद गरेको छ ।

      कर्जनहा नगरपालिका वडा नं २ मा ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटि गएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा प्र २_०२००१ च ००९२ नम्बरको म्याजिकबाट हारपिन १३ कार्टुन, निर २ कार्टुन, फिनेल ८ कार्टुन र तारपिन तेल ४ कार्टुन गरि करिब ३ लाख मूल्य बराबरको भंसार छली गरि ल्याएको सामान बरामद गरेको हो ।

      उक्त बरामत सामान र गाडीसहित भन्सारमा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले नवलपुर टुडेलाई जनाएको छ ।

        कमेन्टहरु