देश

    राष्ट्र बैकले हिमालयन बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकलाई गर्यो कार्बाही

    जगत ठाडा मगर
    २०७८ कार्तिक ८ | मध्यान्ह ०२:०७ बजे

      काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । बैंकले अनिवार्य मौज्दात र एसएलआर कायम नगर्ने तीन वाणिज्य बैंकहरुलाई कारवाही गरेको जनाएको छ ।

      राष्ट्र बैंकको सुपरिवेक्षण विभागले हिमालयन बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकलाई मौज्दात रकम नपु¥याएको भन्दै कारबाही गरको हो ।

      राष्ट्र बैंकले बाणिज्य बैंक र बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरिएको पनि जनाएको छ ।

        कमेन्टहरु