देश

    काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिक नियन्त्रणमा

    जगत ठाडा मगर
    २०७८ कार्तिक ८ | बिहान ११:०७ बजे

      काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

      अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताए । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ ।

      अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताएका छन् ।

        कमेन्टहरु