देश

    आगलागी हुँदा सिद्धिचरण नगरपालिकामा एक घर जलेर पूर्णरुपमा क्षति

    नवलपुर टुडे
    २०७७ कार्तिक २९ | मध्यान्ह ०९:०७ बजे
    fire isolated over black background

      ओखलढुगा।
      आज साँझ आगलागी हुँदा सिद्धिचरण नगरपालिका ११ रामबजार नजिकै एक घर जलेर पूर्णरुपमा क्षति भएको छ ।
      जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घरेलु कार्यालय नजिकै रहेको विजय राईको घर जलेर पूर्णरुपमा क्षति भएको छ । घरधनी काठमाडौँ रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपेश खड्काले बताए ।

      त्यस्तै जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं २ रगनीमा आगलागी हुँदा २ तले घर नष्ट भएको छ । आज साँझ रगनीको जोगीडाँडाका मेघराज घिमिरेको घर जलेर नष्ट भएको हो ।

      स्थानीय सुन्दर शर्माले दिएको जानकारी अनुसार करिब १७ लाख बराबरको क्षति भएको छ । आगलागी विद्युत सर्ट भएर हो वा मैनबत्तीका कारणले हो खुलिसकेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

        कमेन्टहरु