देश

    विद्युत चुहिएर दमक अस्पतालमा आज आगलागी हुदाँ लाखौंको क्षति

    नवलपुर टुडे
    २०७७ कार्तिक २९ | मध्यान्ह ०८:०७ बजे
    fire isolated over black background

      दमक।
      विद्युत चुहिएर झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ लाखौंको क्षति भएको छ ।
      सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगलागी हुदाँ रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ ।
      अपराह्न २ः०० बजेदेखि लागेको आगलागीबाट अस्पतालका लागि चाहिने औषधी पूर्णरुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले वताउनुभयो ।

      नगरपालिकाका दुई दमकल, अस्पतालका कर्मचारी, प्रहरी तथा स्थानीयको सहयोगबाट करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो।

        कमेन्टहरु