देश

    दुखलाई नियालेकाे मान्छे “म” (कविता)

    जगत ठाडा मगर
    २०७८ कार्तिक २ | मध्यान्ह ०९:०७ बजे

      याेगेश श्रेष्ठ

      त्याे जिवनलाई नजिकबाट नियालेकाे छु,
      किन भने दुखिकाे निम्ति सहाराकाे लाैरि बन्ने ब्यक्ति हुँ
      म दुखलाई नजिकबाट नियाली रहेकाे छु,
      किन भने दुखिकै घरमा जन्म लिएकाे ब्यक्ति हुँ

      रहर र उत्साहकाे प्यासी छु म,
      तर त्यसकै निम्ति अबिभावककाे आँशु बहाउँन नचाहँन्न
      दुखकै काखमा हुर्किएकाे मानिस म,
      सुखमा रमाएर नाच्ने रहर भएपनि दुखमा कहिल्यै आतिन्न

      सम्झना ताजै छ मेराे आँखामा अहिले पनि,
      मेराे खुशिकाे लागि ति मानिस सुतेन रहर पुगुन्जेली
      मन मस्तिष्कमा मेराे जिवितै छ अहिले पनि,
      एक छाक चिउरा मात्र खाएर मेराे खुशिकाे लागि हरपल लडिरहने ती मलाई संसार देखाउने मेरा “बा”

        कमेन्टहरु