देश

    वर्षाले कपिलवस्तुको धानबाली डुवानमा, किसान चिन्तित

    जगत ठाडा मगर
    २०७८ कार्तिक २ | बिहान ०६:०७ बजे

      कपिलवस्तु । लगातार दुई दिनको वर्षाले कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ । कृषकले काटेर खेतमा सुकाएको धान र काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि किसान चिन्तित बनेका छन् ।

      दशैं लगत्तै धान काट्न सुरु गरेका कृषकहरुले वर्षाका कारण क्षति व्यहोर्नु परेको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने कपिलवस्तुको बाणगंगा, बुद्धभुमि, कपिलवस्तु नगरपालिका, शुद्धोदन, मायादेवी लगायत स्थानीय तहमा धानबाली वर्षा तथा हावाहुरीका कारण नष्ट भएका छ । कपिलवस्तुमा यस वर्ष ७ प्रतिशतले धान उत्पादन हुने लक्ष्य लिइएको थियो ।

      जिल्लाभित्र राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानहरुले लगाएका छन् । त्यस बाहेक मध्यम जातमा गोरखनाथ, सावा लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ । जिल्ला कृषी कार्यालय तथा कपिलवस्तुका १० स्थानीय तहका कृषिशाखाले भने हालसम्म कुनै पनि क्षतिको विवरण नआएको जनाएको छ ।

        कमेन्टहरु