समाज, स्वास्थ्य

    धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद

    जगत ठाडा मगर
    २०७८ अशोज २५ | बिहान ०८:०६ बजे

      धनगढी । धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ।

      उप–महानगरपालिकाको वडा नम्बर ९ स्थित सडक खण्डमा भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएका ४ लाख ३ हजार ३ सय ७५ मूल्य बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ।

      बरामद गरिएका सामान भन्सार कार्यालय कैलालीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

        कमेन्टहरु