देश

    कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ

    जगत ठाडा मगर
    २०७८ अशोज २१ | मध्यान्ह ०३:०६ बजे

      धनगढी । कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दोधाराचाँदनी नगरपालिकाका मोहन सिंहको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

      उनीहरुलाई १ लाख २२ हजार २ सय १० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

      उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र सोधपुछ भइरहेको उनले बताए।

        कमेन्टहरु