देश

    काठमाडौको बाफलबाट १९ जना जुवाडे पक्राउ

    जगत ठाडा मगर
    २०७८ अशोज २१ | मध्यान्ह ०३:०६ बजे

      काठमाडौ । काठमाडौं महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ ।

      स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

      महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले जुवा खालबाट २ लाख ८६ हजार नगद बरामद गरेको छ । जुवा खालबाट ७ बुक तास र ३३ थान कौडा पनि बरामद गरिएको छ ।

        कमेन्टहरु