देश

    सुनचाँदीको मूल्य बढ्यो

    जगत ठाडा मगर
    २०७८ अशोज २१ | मध्यान्ह ०१:०६ बजे

      काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। बिहीबार सुन तोलामा ५ सयले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

      बुधबार सुन तोलाको ८९ हजार ९ सय कायम गरिएको थियो । तेजावी सुन तोलाको ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

      आज चाँदी तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

        कमेन्टहरु