राजनीति

    मन्त्रीको टुंगो लगाउन कांग्रेस नेताहरुको छलफल शुरु

    जगत ठाडा मगर
    २०७८ अशोज २० | मध्यान्ह ०५:०६ बजे

      काठमाडौं । पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ ।

      प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन् । सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेका थिए । जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

      कांग्रेस शीर्ष नेता र पदाधिकारीको बैठक सुरु हुनु भन्दा अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बैठक गरेको थियो ।

        कमेन्टहरु