देश

    १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ

    नवलपुर टुडे
    २०७७ कार्तिक २८ | मध्यान्ह ०८:०७ बजे

      डडेल्धुरामा ,२८ कात्तिक।
      १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अजयमेरू गाउँपालिका–३ का २२ वर्षीय दानी वि क रहेका छन् ।

      जबरजस्ती करणी उद्योग गरेको जाहेरीका आधारमा विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

      उनीमाथि जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमती दिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु