अर्थ

    सानिमा बैंकको नयाँ शाखा काठमाडौंको गोकर्णेश्वरमा

    जगत ठाडा मगर
    २०७८ अशोज १९ | मध्यान्ह ०६:०६ बजे

      काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा शुरु गरेको छ ।

      उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले एक कार्यक्रमका बीच गरे ।

      उक्त समारोहमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंक आएसँगै यस क्षेत्रका बासिन्दाले सर्वसुलभ बैंकिङ्ग सेवा पाउने बताए ।

        कमेन्टहरु