देश

    भरतपुरमा आज बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत अवरुद्ध

    जगत ठाडा मगर
    २०७८ अशोज १९ | बिहान ०९:०६ बजे

      भरतपुर । भरतपुरमा आज मंगलबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । सबस्टेशन स्तरोन्नतीका लागि आज बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।

      केन्द्रका अनुसार १३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर ११ बसेनीमा रहेको सवस्टेशनको ११ केभी भिसिबि र लोड ब्रेकर स्विच स्तरोन्नती गर्न लागिएको हो ।

      हस्पिटल फिडर, भृकुटी फिडर, कल्याणपुर फिडर, औद्योगिक फिडर र कोकाकोला फिडर अन्तर्गत विद्युत सेवा अवरुद्ध हुनेछ । स्तरोन्नतीका लागि आवश्यक सामान आइसकेको छ । स्तरोन्नतीपछि अहिले देखिएको बारम्बार बत्ती जाने समस्या समाधान हुने केन्द्रले जनाएको छ ।

        कमेन्टहरु