राजनीति

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    जगत ठाडा मगर
    २०७८ अशोज १९ | बिहान ०९:०६ बजे

      काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

      आजको बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

      प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६र७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

        कमेन्टहरु