देश

    गोकुल बाँस्कोटाको ७० करोड घुस मागेको अडियो प्रकरणः अदालतमा यस्तो जवाफ दिए विजय मिश्रले (पूर्णपाठसहित)

    नवलपुर टुडे
    २०७७ कार्तिक २८ | मध्यान्ह ०७:०७ बजे

      काठमाडौं । तत्कालिन सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुरक्षण मुद्रण खरिदमा ७० करोड घुस मोलमोलाई गरेको अडियो सार्वजनिक प्रकरणमा अडियो सार्वजनिक गर्ने विजय मिश्रले गत मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रतिउत्तर पेश गरेका छन् ।

      अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजिनामा दिएका गोकुल बाँस्कोटाले अडियो सार्वजनिक गरी आफ्नो बेइज्जती गरेको र अनाधिकृत रुपमा अडियो रेकर्ड गरेको, अडियोमा छेडछाड गरेको भन्दै बिजय मिश्र माथि कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

      उक्त मुद्दाको प्रतिउत्तर वारेस मार्फत मंगलबार मिश्रले अदालतमा दिएका हुन् । हाल जापानमा रहेका बिजय मिश्रले काठमाडौं महानगरपालिका वडा नम्बर १२ बस्ने आजद कार्कीलाई वारेस बनाएर मंगलबार काठमाडौ जिल्ला अदालतमा प्रतिउत्तर दिएका हुन् ।

      प्रतिउत्तरसँगै सो अडियो टेप र सुरक्षण मुद्रण खरिदका विषयमा भएका दर्जनौ प्रमाण संलग्न गरेका छन् । उनले प्रतिउत्तरमार्फत सुरक्षण मुद्रण खरिदमा १४ अर्ब रुपैयाँ भ्रष्टाचारको योजना बनाइएको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत संलग्न रहेको दावी प्रतिउत्तरमा गरेका छन् ।

      a

      b

      c

      d

      e

      f

      g

      h

      i

      j

      k

      l

      m

      n

       

        कमेन्टहरु