देश

    गृह मन्त्रालयले ११ जिल्लाका सिडिओकाे सरुवा

    जगत ठाडा मगर
    २०७८ अशोज १७ | बिहान १०:०६ बजे

      काठमाडौ । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रबारको निर्णयअनुसार सिडिओकाे सरुवा भएको हो ।

      सरुवाअनुसार कास्कीको सिडिओमा जयनारायण आचार्यलाई पठाइएको छ । कास्कीमा सिडिओ रहेका थानेश्वर गौतमलाई सात महिना पनि नपुगी त्यहाँबाट हटाइएको छ ।

      गृहका सहसचिव कमलराज ढकाललाई भोजपुर, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील बैद्यलाई लमजुङको सिडिओमा खटाइएको छ ।

      महोत्तरीमा वासुदेव दाहाल, डोटीमा शंकर बहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जिजी राना, मुगुमा रोम बहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको छ ।

      कतिपय सिडिओको १३ महिना हुँदा समेत सरुवा भएको छ भने केहीलाई ६–७ महिनामै हटाइएको छ ।

        कमेन्टहरु