देश

    सुर्खेतको गुर्भाकोटमा १५ जुवाडे पक्राउ, दुई लाख ३३ हजार जफत

    जगत ठाडा मगर
    २०७८ अशोज १५ | मध्यान्ह ०४:०६ बजे

      सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

      बिहीबार राती तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय भानु कँडेललगायत १५ जना छन् ।

      प्रहरी चौकी मेहलकुना र अस्थायी प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ३३ हजार सात सय ३४ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु