देश

    सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प

    जगत ठाडा मगर
    २०७८ अशोज १५ | मध्यान्ह ०३:०६ बजे

      काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ : ५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

      विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ । रासस

        कमेन्टहरु